आनन्द सिंह प्रमुख अतिथि तथा प्रमुख निर्णायकका रूपमा ‘लिटिल शाइनिङ स्टार – सिजन १’ सम्पन्न

काठमाडौं: अल्फा इभेन्ट्सद्वारा आयोजित ‘लिटिल शाइनिङ स्टार – सिजन १’ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा चर्चित मोडल तथा अभिनेता आनन्द सिंह प्रमुख अतिथि तथा प्रमुख निर्णायकका रूपमा सहभागी रहनुभएको थियो।

कार्यक्रममा एलेक्स तिरुवा र अभिनेत्री चाहना राना मगर निर्णायकका रूपमा सहभागी थिए भने शम्भु पुरीले कस्ट्युम डिजाइनरको जिम्मेवारी सम्हाल्नुभएको थियो।

विजेताहरू

जुनियर विधा

विजेता: समृद्धि वाग्ले
प्रथम उपविजेता: देवाँशी श्रेष्ठ
दोस्रो उपविजेता: उज्ज्वल लोप्चन
तेस्रो उपविजेता: बिवाङ पाख्रिन
आयोजकको छनोट: आर्या पाण्डे

अन्तर्राष्ट्रिय उपाधि (जुनियर)

लिटिल स्टार प्रिन्स/प्रिन्सेस इन्टरनेशनल (नर्थ अमेरिका – नेपाल): समृद्धि घिमिरे
किड स्टार इन्टरनेशनल (साउथ अमेरिका – नेपाल): कृतिक डंगोल
किड स्टार इन्टरनेशनल (साउथ अमेरिका – नेपाल): गुराँस नाछिरिङ

सिनियर विधा

विजेता: तेजस्वी शाही
प्रथम उपविजेता: सुम्निमा राई
दोस्रो उपविजेता: प्रनिशा कार्की
तेस्रो उपविजेता: सुनिरा शाक्य
आयोजकको छनोट: प्रनिता कार्की

आयोजक प्रख्यात घिमिरेका अनुसार, कार्यक्रमको उद्देश्य बालबालिका तथा युवाहरूको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको छ।

‘लिटिल शाइनिङ स्टार – सिजन १’ नयाँ प्रतिभालाई उजागर गर्दै सफल रूपमा सम्पन्न भएको छ।