Don't miss our holiday offer - up to 50% OFF!
Era’s Ambassador 2026–2 को ग्रान्ड फिनाले सम्पन्न, यमेश याखा र साईना श्रेष्ठ विजेता
Era’s Ambassador 2026–2 को ग्रान्ड फिनाले सम्पन्न, यमेश याखा र साईना श्रेष्ठ विजेता
काठमाडौं, सेप्टेम्बर ५। काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा आयोजना गरिएको Era’s Ambassador 2026–2 को ग्रान्ड फिनाले भव्य रूपमा सम्पन्न भएको छ।
ग्रान्ड फिनालेमा यमेश याखा र साईना श्रेष्ठले Era’s Ambassador 2026–2 को विजेता उपाधि हासिल गरेका छन्।
त्यस्तै, अनिशा थापा मगर र सिजन भण्डारीले प्रथम रनरअप, आलोक तामाङ र श्रेया बोहराले दोस्रो रनरअप, समर्पण अधिकारी र राह्येल श्रेष्ठले तेस्रो रनरअप तथा प्रशान्त दीक्षित र आराधना श्रेष्ठले चौथो रनरअपको उपाधि जितेका छन्।
त्यसैगरी, सनुका गुरुङलाई Organizer’s Choice को विशेष उपाधिबाट सम्मान गरिएको छ।
🌏 विजेतालाई अन्तर्राष्ट्रिय अवसरसहित आकर्षक पुरस्कार
Season 2 का विजेताहरूलाई अन्तर्राष्ट्रिय यात्राका लागि विशेष पुरस्कार प्रदान गरिएको छ। विजेताहरूलाई:
* 🇻🇳 भियतनामका लागि रु. ५०,००० बराबरको टिकट
* 🇹🇭 थाइल्यान्डका लागि रु. २५,००० बराबरको टिकट
* 📸 रु. १५,००० बराबरको फोटो तथा भिडियो सुट
* 👑 क्राउन
* 🎗️ स्यास
* 📜 प्रमाणपत्र
* 🥇 मेडल
* 🎁 उपहार
* 💐 बुके तथा ह्याम्पर्स
प्रदान गरिएको छ।
🎭 कार्यक्रम व्यवस्थापन
कार्यक्रमका आयोजक तथा निर्देशक एमडी आनन्द सिंह हुन्। मोडल तथा अभिनेता सिंहको नेतृत्वमा सम्पन्न कार्यक्रममा मल्लिका दाहाल र सौगात राना कुँवरले कोरियोग्राफी गरेका थिए भने चन्द्र कुमार बुढाले कार्यक्रम व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए।
Era’s Ambassador ले प्रतिभाशाली युवाहरूलाई व्यक्तित्व विकास, फेसन तथा मोडलिङको क्षेत्रमा अवसर प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन प्रोत्साहित गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।
