Don't miss our holiday offer - up to 50% OFF!
भियतनाममा आयोजित “Fashion Show & Kids Idol International 2026” मा नेपालको ऐतिहासिक सफलता
भियतनाममा आयोजित “Fashion Show & Kids Idol International 2026” मा नेपालको ऐतिहासिक सफलता
भियतनाममा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित कार्यक्रम “Fashion Show & Kids Idol International 2026” मा नेपालले पुनः एकपटक गौरवपूर्ण सफलता हासिल गरेको छ।
नेपालका प्रतिभाशाली बाल–प्रतिभाहरू आरोही शाहि ग्रान्ड विनर र आरोग्य शर्मा फर्स्ट रनर–अप बन्न सफल भएका छन्। उनीहरू दुवै Kids Star International Nepal का विजेता हुन्, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो कला, आत्मविश्वास र संस्कृतिलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेका थिए।
यस उपलब्धिमा विशेष योगदान रहेको छ आनन्द सिंह (MD/Founder, Fashion Era) को, जसको नेतृत्व र दूरदर्शी सोचले नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेको छ। उहाँको निरन्तर प्रयासले नेपालका युवा प्रतिभाहरूलाई विश्वसामु चिनाउने अवसर सिर्जना गरेको छ।
त्यसैगरी, मिसेस श्रीजना शर्माले पनि उक्त कार्यक्रममा सहभागिता जनाउँदै नेशनल कस्ट्युम र इभिनिङ गाउन राउन्डमा आकर्षक प्रस्तुति दिनुभएको थियो। उहाँ Kids Star International Nepal 2026 का विजेता आरोग्य शर्माकी आमा हुनुहुन्छ, जसले आमाको रूपमा मात्र होइन, स्वयं एक प्रतिनिधिका रूपमा पनि नेपालको गरिमा प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा सहभागी अन्य प्रतिस्पर्धीहरूले समेत संस्कृतिक पोशाक (Cultural Dress) र इभिनिङ गाउन (Evening Dress) मा आफ्नो देशको कला, पहिचान र सौन्दर्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
उक्त कार्यक्रममा नेपालसहित ९ देशहरूको सहभागिता रहेको थियो, जसमा नेपाल, इन्डोनेशिया, अष्ट्रेलिया, सिङ्गापुर, किर्गिस्तान, भियतनाम, थाइल्याण्ड, मंगोलिया र कोरिया रहेका थिए।
कार्यक्रम Fashion Era को आयोजनामा सम्पन्न भएको थियो, जहाँ विभिन्न देशका प्रतिस्पर्धीहरूबीच नेपालका प्रतिनिधिहरूले उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उच्च बनाएका छन्।
यस सफलताले केवल व्यक्तिगत जित मात्र नभई, नेपालको प्रतिभा, समर्पण र राष्ट्रिय पहिचानलाई विश्वसामु मजबुत रूपमा प्रस्तुत गरेको छ।
नेपाल उकासिँदैछ, र हाम्रा प्रतिभाहरू विश्वभर चम्किँदैछन्।
