Don't miss our holiday offer - up to 50% OFF!
किड्स स्टार इन्टरनेशनल नेपाल २०२६ सिजन–५ को ग्रान्ड फिनाले म्युजिक सिटीमा सम्पन्न
काठमाडौं | फागुन १२, २०८२ (फेब्रुअरी २४, २०२६)
Kids Star International Nepal 2026 – Season 5, Fashion Era द्वारा आयोजित ग्रान्ड फिनाले कार्यक्रम २०२६ फेब्रुअरी २४ तारिखका दिन Music Cityमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा चर्चित अभिनेत्री Priyanka Karkiको उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई अझ विशेष र आकर्षक बनाएको थियो।
कार्यक्रममा देशभरबाट सहभागी भएका प्रतिभाशाली बालबालिकाहरूले आफ्नो आत्मविश्वास, क्षमता र प्रस्तुति कौशल प्रभावशाली रूपमा प्रस्तुत गरेका थिए।
यस ग्रान्ड फिनालेमा निर्णायक मण्डलका रूपमा सुषान्त ढकाल, आलिश खनाल, याङ्शु श्रेष्ठ, निरजरा मिश्रा, दिलिप ओखेडा, सुरेश कोहली, तथा विभूषित रायमाझीको महत्वपूर्ण उपस्थिति रहेको थियो। उहाँहरूको अनुभव र निष्पक्ष मूल्यांकनले विजेताहरू छनोट गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।
⸻
सिनियर विधा
बालक तर्फ
आरोग्य शर्मा विजेता घोषित भए भने हृषित अदारी प्रथम रनरअप बने। शुभम सिंह थापा द्वितीय रनरअप, केल्साङ शेर्पा तृतीय रनरअप, तथा मिग्पेन पुलामी चौथो रनरअप घोषित भए।
एलेक्स लुइटेलले आयोजक छनोट (Organizers’ Choice) अवार्ड प्राप्त गरे।
बालिका तर्फ
आरोही शाही विजेता घोषित भइन्। निजा थापा मगर प्रथम रनरअप, क्रिस्टिना बोहरा द्वितीय रनरअप, देवन्सी गुरुङ तृतीय रनरअप, अर्जु राना मगर चौथो रनरअप, तथा रिया न्यौपाने पाँचौं रनरअप घोषित भइन्।
यसका साथै अन्शिका शाह र आलिश्मा केसीलाई विशेष आयोजक छनोट अवार्ड प्रदान गरिएको थियो।
⸻
जुनियर विधा
बालक तर्फ
अभुषण भण्डारी विजेता घोषित भए भने आयत बिष्ट प्रथम रनरअप बने। म्याग्नस महर्जन द्वितीय रनरअप, आरोग्य जंग थापा तृतीय रनरअप, तथा प्रवेश जंग थापा चौथो रनरअप घोषित भए।
बालिका तर्फ
अभया बसाल विजेता घोषित भइन्। रोक्साना क्षेत्री प्रथम रनरअप, आयेशा सुबेदी द्वितीय रनरअप, कुक्शाना तोलाङ्गे तृतीय रनरअप, मैयम थापा चौथो रनरअप, तथा प्रसिद्धि सुबेदी पाँचौं रनरअप घोषित भइन्।
सहारा उप्रेती र यशस्वी पाधानले आयोजक छनोट (Organizers’ Choice) अवार्ड प्राप्त गरे।
⸻
८ लाख रुपैयाँ बराबरको अवसर प्रदान
कार्यक्रममा प्रत्येक मुख्य विजेतालाई २ लाख रुपैयाँ बराबरको अवसर प्रदान गरिएको थियो। चार प्रमुख विजेतालाई गरी कुल ८ लाख रुपैयाँ बराबरको अवसर वितरण गरिएको आयोजकले जानकारी दिएका छन्।
आयोजकले सिजन–५ सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण विजेता तथा सहभागीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै यस कार्यक्रमले बालबालिकाहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्।
